शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो स्थानको निससँग पीएसजी पराजित

आइतबार, २२ फागुन २०७८, ०६ : ३५
आइतबार, २२ फागुन २०७८

फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १-० अन्तरले पराजित भएको छ । 

घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे । भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो । 

लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो ।​ जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ  । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप