बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रसुवाको उत्तरगया गाउँपालिकाद्वारा किसानलाई आलुको बिउ वितरण

शनिबार, २१ फागुन २०७८, २१ : ४४
शनिबार, २१ फागुन २०७८

रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरूलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको छ । आलु खेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पुर्‍याउन गाउँपालिकाले किसानहरूलाई आलुको बिउ उपलब्ध गराउन सुरु गरेको हो ।

गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बिउ वितरण गर्न सुरु गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउँ वितरण गरेका छन् । प्रति किसानलाई २५ किलोको दरले आलुको बिउ वितरण गरिएको उनले बताए ।

त्यसैगरि वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानहरुलाई पनि आलुको बिउ वितरण गर्ने तयारी रहेको उनले बताए । सोमबार सम्ममा सबै किसानलाई आलुको बिउ वितरण गर्ने तयारी रहेको उनको भनाई रहेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाको कार्यक्रम मार्फत वितरण गरिएको आलुको बिउबाट वडा नम्बर १ का ४ सय २० घरधुरीका किसानहरू लाभान्वित हुने समेत उनले बताए । 

त्यस्तै उत्तरगया गाउँपालिकाको वडा नम्बर १, ४ र ५ लाई आलु जोन क्षेत्रको रूपमा घोषणा गरिएको छ । उत्तरगया गाउँपालिका सहित कृषि ज्ञान केन्द्र नुवाकोटले यी क्षेत्रहरूमा व्यावसायिक रूपमा आलु खेतीका लागि कृषकहरूलाई आलुको बिउ लगायतमा अनुदान दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप