इराकमा अबरूद्ध राष्ट्रपतीय निर्वाचन अघि बढाइने
इराकी संसद्ले शनिबार राष्ट्रपतिपदका लागि उम्मेदवारी दर्ता प्रक्रिया पुनः खुला गरेको छ । गत अक्टोबरको आम निर्वाचनपछि यसअघि नै यो प्रतिस्पर्धा तालिकालाई सम्पन्न गर्नुपर्नेगरी तय गरिएको थियो ।
इराकमा राष्ट्रपति निर्वाचित गर्ने कार्यमा सांसदहरू र खासगरी आरक्षित कोटाका कारण धेरै हदसम्म औपचारिक भूमिका कुर्द समुदायको रहने गर्छ । संसदमा राष्ट्रपतीय उम्मेदवारी दर्ता गर्न उम्मेदवारहरूका लागि तीन दिने अवधि निर्धारण गरिएको विशेष सत्रमा भाग लिएका २६५ जनामध्ये निर्वाचन प्रक्रिया अघि बढाउने पक्षमा २०३ जनाले मतदान गरेका थिए ।
प्रक्रिया थाल्न आवश्यक पर्ने सङ्ख्या र कतिपय कानूनी प्राबधानका कारण राष्ट्रपतीय निर्वाचन प्रक्रिया अवरूद्ध भएको थियो । जसले इराकको राजनैतिक अनिश्चिततालाई थप बढाएको थियो जसका कारण बहालवाला राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो समूहको सिफारिसमा प्रधानमन्त्रीको चयन गर्नुपरेको थियो ।
फेब्रुअरी १३ मा इराकको सर्वोच्च अदालतले वर्षौं पूरानो भ्रष्टाचार आरोपमा अग्रपङ्क्ति र अनुभवी राजनीतिज्ञ होश्यार जेबारीविरुद्ध मुद्दा दायर भएपछि प्रतिस्पर्धामा अग्रपङ्क्तिमा रहने मानिएका अनुभवी राजनीतिज्ञ जेबारीले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न नपाउने भएपछि चर्किएको विवादले निर्वाचन प्रक्रिया नै अवरूद्ध बनेको थियो ।
प्रारम्भिक दर्तापछि लगभग २५ जना उम्मेदवारको क्षेत्रबाट उनको बहिष्कारले आफ्नो मुख्य चुनौती दिने व्यक्ति, वर्तमान राष्ट्रपति बरहम सलेहको लागि बाटो खाली गरेको देखिन्छ । उनले दोस्रो कार्यकालका लागि भाग लिने आशा गरेका थिए । इराकी राजनीतिमा अक्टोबर २०२१ को आम चुनावदेखि नै समस्या उत्पन्न भएको थियो । न्यून सहभागितामा मतदान, निर्वाचनपश्चातको धम्की र हिंसाले निर्वाचन नै खलबलिएको थियो । त्यसपछि विवादको अन्तिम परिणाम पुष्टि नभएसम्म केही महिना ढिलो गर्न निर्वाचन आयोग सहमत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती