बहराइनको प्रदर्शनीमा नेपालको सहभागिता
शनिबार, २१ फागुन २०७८, २१ : १८
बहराइनस्थित चिल्ड्रेन एन्ड मदर वेलफेयर सोसाइटीको संयोजकत्वमा सञ्चालित इन्टरनेसनल एम्बेसी बजारमा नेपाली राजदूतावासले नेपाली उत्पादनहरू - विभिन्न हस्तकला सामाग्री, चिया, पस्मिना सल आदीको प्रवर्द्धन गरेको छ।
कार्यक्रममा विशेष अतिथि शाइखा लुलवा विन्त खलिफा अई खलिफाले नेपाली स्टलको रुचिपूर्वक अवलोकन गर्नुका साथै पस्मिना सल तथा हस्तकलाका सामाग्री खरिद गरेकी थिइन् । यसै गरी, अन्य आगन्तुकहरूले समेत नेपाली उत्पादनको प्रशंसा गर्दै हस्तकला सामाग्री, पस्मिना सल तथा चिया खरिद गरेका थिए। विगत लामो समयदेखि वार्षिक रूपमा सञ्चालित उक्त कार्यक्रममा बहराइनस्थित राजदूतावासहरूले सहभागिता जनाउँदै आएकोमा नेपाली राजदूतावासले यस वर्ष पहिलो पटक सहभागिता जनाएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया