आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तत्काल स्थानान्तरण गर्न नोबेल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीको माग

शनिबार, २१ फागुन २०७८, २० : २०
शनिबार, २१ फागुन २०७८

नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा  उनीहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेको आरोप लगाएका छन् । त्यो आफूहरूलाई कदापि मान्य नहुने पनि उनीहरूको भनाई थियो । 

पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थीहरूले उक्त मेडिकल कलेजमा आफूहरूको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यका नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफूहरूलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका हुन् । उनीहरू गत मङ्सिर २८ गते देखि निरन्तर आन्दोलनरत छन् । 

कार्यक्रममा बोल्दै पीडित विद्यार्थी श्रद्धा मैनालीले तीन महिनादेखि जारी रहेको आफूहरूको आन्दोलन भौतिक र शैक्षिक सुरक्षाको विषय बनेको बताइन् । यस्तै, उनले नोबेल मेडिकल कलेजबाट विद्यार्थीहरूमाथि मात्र नभएर अभिभावकसम्ममा फोन जान थालेको बताइन् । 

कार्यक्रममा आन्दोलनरत पीडित विद्यार्थी तमन्ना कार्कीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साथै, अर्की पीडित विद्यार्थी सदिच्छा आर्चायले आफुहरुले हार गुहार गर्दापनि राज्यले निरिहता देखाएको आरोप लगाइन् । तिन महिनासम्म विद्यार्थी सडकमा आउँदा पनि चिकित्सा शिक्षा आयोग किन चुप लागेर बसेको छ ? भन्दै प्रश्न उठाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप