सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

माओवादी छाडेर मोरङ रंगेलीका नगर प्रमुख एमाले प्रवेश गर्ने

शनिबार, २१ फागुन २०७८, १८ : १८
शनिबार, २१ फागुन २०७८

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने एक कार्यक्रममा मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया एमाले प्रवेश गर्ने भएका छन् । बगडियाले आफू एमाले प्रवेश गर्ने निधो भएको जानकारी दिए । ‘मैले पार्टी प्रवेश गर्ने निधो गरेँ,’ उनले भने ।

एमालेले आउँदो फागुन २५ गते रंगेलीमा सार्वजनिक सभा गर्दैछ । नेकपा एमालेले आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित केही जनप्रतिनिधिहरू पनि पार्टी प्रवेश गर्ने तयारी गरेको एमालेले जनाएको छ । २०७४ सालको निर्वाचनमा रंगेली नगरपालिकाबाट बगडियाले ८ हजार ८६ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत प्राप्त गरेका थिए ।

बगडिया भने नेकपा माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा नगरपालिकाका प्रमुखमा निर्वाचित भएका हुन् । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि नै वगडिया नेकपा माओवादी केन्द्रसँग टाढिएका थिए । आउँदो स्थानीय तहको निर्वाचनमा बगडिया फेरि रंगेली नगरपालिका प्रमुखमा लड्ने तयारीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप