रुपन्देहीको स्केट पार्क सञ्चालनमा
![रुपन्देहीको स्केट पार्क सञ्चालनमा](https://rpcdn.ratopati.com/media/albums/udgatan_D7lQqncpEO.jpg)
रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’ औपचारिक रूपमा आएको छ । तिलोत्तमा नगरपालिका वडा न.४ डिङगरनगर स्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क आज एक समारोह बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका हुन् ।
आज स्केट पार्क उद्घाटन भएपछि अव यहाँ नियमित खेल र अभ्यासका लागि खुल्ला गरिएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । तिलोत्तमा नगरपालिकासँग अनुमति लिएर करिब १० कट्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उद्देश्यले स्केट एड नेपालले पार्क निर्माण गरेको हो । गुरुयोजना अनुसार तेस्रो चरणसम्मको योजना सम्पन्न हुँदा स्केट पार्क दक्षिण एसियाकै नमूना हुने दाबी गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खेल क्षेत्र विकासको लागि तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने बताए ।