शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्छ  : पौडेल

शनिबार, २१ फागुन २०७८, १७ : ३९
शनिबार, २१ फागुन २०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताए ।

“संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ”, उनेले भने । पूर्वसभामुखसमेत रहेका पौडेलले लामो समयसम्म संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताए । निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसद्मा अड्किएर बस्नु दुःखद् भएको उनको भनाइ थियो ।

उपसभापति धनराज गुरुङले निजामती सेवा ऐन तत्काल संसद्बाट पारित गर्नुपर्ने बताए । “सबै राजनीतिक दलको छलफलमा निजामती सेवा ऐन संसद्बाट पारित गर्नुपर्छ”, उनले भने । उपसभापति गुरुङले नेता र कर्मचारी देश र जनताप्रति इमान्दार भए मुलुकभित्र रहेको विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य हुने बताए । आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।

महामन्त्री विश्वप्रकाश शर्माले ट्रेड युनियनको अधिकारसहित सङ्घीय निजामती ऐन अगाडि बढाउन काँग्रेस कटिबद्ध रहेको बताए । उनले निजामती कर्मचारी देशको स्थायी सरकार भएको बताउँदै मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउन कर्मचारीको ठूलो भूमिका रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप