आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा एक सयभन्दा कम सङ्क्रमित, मृत्यु शून्य

शनिबार, २१ फागुन २०७८, १६ : ४३
शनिबार, २१ फागुन २०७८

पछिल्लो २४ घण्टामा देशभर ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ३६२ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ५८ हजार ५५५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल निको हुने दर ९८.१ प्रतिशत पुगेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९४५ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्यु दर १.२ प्रतिशत रहेको छ । यही अवधिमा थप २ लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर खोप अभियान सुरु भए यता ३ करोड ७६ लाख ८२ हजार ८९० मात्रा खोप लगाइसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप