आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक हवाई भाडा बढ्यो, कुनमा कति ?(सूचीसहित)

शनिबार, २१ फागुन २०७८, १६ : ०९
शनिबार, २१ फागुन २०७८

आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो । बढेको भाडाअनुसार सबैभन्दा बढी  विराटनगर–नेपालगञ्ज रुटमा  ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले बढेको छ ।

यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ । नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि  उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।

कहाँ कति पुग्यो भाडा ? तालिका हेर्नुहोस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप