१०४ मेगावाटको तल्लो सेती आयोजना तनहुँ हाइड्रोपावरले बनाउने

तनहुँ हाइड्रोपावर लिमिटेडले १०४ मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) जलद्यिुत आयोजना बनाउने भएको छ । जिल्लाको ऋषिङ गाँउपालिका–१ स्थिति १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना बनाउँदै आएको कम्पनीले नै तल्लो सेती आयोजना निर्माण गर्ने भएको हो ।
सञ्चालनमा रहेको तनहुँ जलविद्युत आयोजनाको बाँधबाट प्राप्त हुने सेती नदीको प्रवाह तथा मादी नदीको थप प्रवाह प्रयोग गरेर नयाँ आयोजना बनाइने छ । कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागेको जानकारी दिए ।
कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पाइसकेको छ । यस्तै, एसियन डेभलपमेन्ट बैंकबाट पाउने ३५ लाख अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको इञ्जिनियरिङ डिजाइन र बोलपत्रसम्बन्धी कागजात तयार पार्न परामर्श खरिदका लागि यसअघि नै सम्झौता भइसक्यो ।
बन्दीपुर गाउँपालिका ६ र देवघाट गाउँपालिका ३ नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । यो आयोजनाका लागि कम्पनीले ६.८ किलोमिटर लामो सुरूङमार्ग समेत निर्माण गर्नेछ । आयोजना अगाडि बढाउन कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन क्षेत्र निर्धारणका लागि सुझाव समेत मागिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह
-
प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन