भारतमा थप ५ हजार ९ सय जना कोरोना सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ९२१ जना सङ्क्रमित भएका छन् ।
योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ६३ हजार ८७८ पुगेको अधिकारीहरूले जनाएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ११ हजार ६५१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गइरहेको हो । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ७८ हजार ७२१ पुगेको छ ।
कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १४ हजार ८७८ जनाको मृत्यु भएको छ । तीमध्ये २८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । गत शुक्रबार एक दिनमा भारतमा नौ लाख ४० हजार ९०५ जनाको कोरोना परीक्षण गरिएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दलीय मोर्चा घोषणा हुँदै
-
आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयताको पहिलो स्थानमा उक्लिए न्युजिल्यान्डका ज्याकब डफी
-
सडकमा उत्रिए शिक्षक, तस्बिरहरू
-
सलमानको ‘सिकन्दर’को बिजोगः दर्शक नआएपछि तेस्रो दिनमै हलबाट हटाइयो
-
‘टप गन’ र ‘ब्याटम्यान’का अभिनेता भ्याल किल्मरको निधन
-
कमेडियन सुन्दर खनाल : व्यक्ति एक, क्यारिकेचर अनेक