शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङ–सल्यान सडक खण्ड आइतबारदेखि १० दिन बन्द हुने

शनिबार, २१ फागुन २०७८, १५ : २५
शनिबार, २१ फागुन २०७८

राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ ।दाङ तुलसीपुरको चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले यो सडक खण्ड १० दिन बन्द हुन लागेको हो ।

आइतबारदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिएका छन् । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुनेछ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा बिहान११ बजेदेखि दिउँसो ३ बजेसम्म र तेस्रो सिफ्टमा साँझ साढे ५ बजेदेखि ८ बजेसम्म मर्मतको काम हुने भएको त्यो अवधिमा गाडी आवागमन रोकिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप