इमर्जिङ नेपालको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
शनिबार, २१ फागुन २०७८, १३ : ४२
![इमर्जिङ नेपालको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?](https://rpcdn.ratopati.com/media/albums/Nepal_Stok_exchange_nepse_kONCD2YSWm.jpg)
इमर्जिङ नेपालको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको आईपीओको सुरूवाती कारोबार मूल्य प्रतिकित्ता न्यूनतम १०५.११ रुपैयाँ र अधिकतम मूल्य प्रतिकित्ता ३१५.३३ रुपैयाँ तोकेको छ । नेप्सेमा सूचीकृत कम्पनीको पहिलो सेयर कारोबार यही न्यूनतम र अधिकतम मूल्यबीचबाट हुने छ ।
इमर्जिङ नेपालले माघ २६ गतेदेखि फागुन १ गतेसम्म आईपीओ बिक्री खुलाएको थियो । यस्तै, कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सूचकमा सामान्य वृद्धि, कारोबार ५ अर्ब नाघ्यो
-
‘हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ’
-
पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व
-
मध्यरात कांग्रेस–एमालेबिच भएको सम्झौता पश्चगामी : देव गुरुङ
-
ओस्कार विजेता लेखक रोबर्ट टाउनको निधन
-
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल