रुस–युक्रेन युद्ध : रुसले गर्यो २ शहरमा अस्थायी युद्धविराम
शनिबार, २१ फागुन २०७८, १३ : ३५
रुसले युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषण गरेको छ । युक्रेनका मारियपोल र भोल्नोभाखामा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो । मस्कोको स्थानीय समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यी दुई शहरमा अहिले सशस्त्र आक्रमण रोकिएको जनाइएको छ ।
रुसी सरकारी सञ्चारमाध्याम स्पुतनिकका अनुसार युद्धविरामका बेला सर्वसाधारणहरुको सहयोगका लागि उनीहरुलाई मार्ग खोलिनेछ । ग्रीनवीच समयअनुसार बिहान ७ बजे मारियोपोल र भोल्नोभाखामा सर्वसाधारणका लागि मार्ग खोलिदिने बताइएको छ । रुसको यो कदमपछि ती दुई शहरका सर्वसाधारणहरुलाई शहर छाडेर अन्यत्र जानका लागि सहज हुने बताइएको छ ।
रुसले केही दिनदेखि युक्रेनविरुद्धको आक्रमणलाई तिव्र बनाउँदै लगेको छ । रुसको आक्रणमणको विश्वभर आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री