बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न व्यवसायीको माग

शनिबार, २१ फागुन २०७८, १३ : २४
शनिबार, २१ फागुन २०७८

व्यवसायीहरूले पेट्रोलियम पदार्थ ढुवानीमा लाग्ने खर्च समायोजन गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको र ढुवानी खर्च बढेकोभन्दै खर्च समायोजन गर्न माग गरेका हुन् ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन, नेपाल ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले ढुवानी भाडा समायोजना गर्न माग गरेका हुन् । उनीहरूले १५ दिन भित्र आफ्नो माग पुरा गर्न सरकारलाई दबाब समेत दिएका छन् ।

यसअघि पनि पटक–पटक भाडा समायोजन गर्न माग गरेपनि सरकारले सुनुवाई नगरेको उनीहरूको भनाइ छ । त्यसैले सरकारले यसपटक आफ्नो माग जुनसुकै हालतमा सुनुवाइ गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

पछिल्लो समय निरन्तर बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्दै निगमले यसअघि प्रतिशतमा दिँदै आएको कमिशन कटौती गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि व्यवसायीहरू पेट्रोलियम पदार्थ खरिद बन्दै गरेर आन्दोलनमा उत्रिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप