अमेरिकामा एक महिनामै ६ लाख ७८ हजार रोजगारीको अवसर
शनिबार, २१ फागुन २०७८, १३ : ०३
संयुक्त राज्य अमेरिकामा फेब्रुअरी महिनामै ६ लाख ७८ हजार जनाले रोजगारी थपिएको छ । समाचार संस्था सीएनएनका अनुसार अमेरिकी रोजगार बजारमा एक महिनामै उक्त जनसंख्याले नयाँ रोजगारी थपिएको हो ।
यो गत वर्षको जुलाई यताकै सबैभन्दा धेरै रोजगारी सृजना भएको बताइएको छ । अघिल्लो वर्ष सन् २०२० मा कोरोना महामारीका कारण अमेरिकामा २१ लाख जनाको रोजगार गुमेको थियो ।
त्यसयता, निरन्तर सुधार आउँदै एकै महिना ठूलो संख्यामा रोजगारीको अवसर खुलेको बताइएको छ । यसको अर्थ पछिल्लो समय अमेरिकाको रोजगार बजार सुधारोन्मुख अवस्थामा छ । यस्तै, एक महिनामा लाखौं रोजगारीको अवसर सृजना हुनु अमेरिकी अर्थतन्त्रका लागि सुखद विषय भएको समेत सीएनएनले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन
-
सुकिला नोटको वितरण आजदेखि, नयाँ नोट ढुकुटीमै 'सिलप्याक'
-
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
-
अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
-
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
-
‘आपत्तिजनक व्यवहार’का लागि मार्टिनेजलाई प्रतिबन्ध