आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री मधेश प्रदेश भ्रमणमा

शनिबार, २१ फागुन २०७८, १२ : ३६
शनिबार, २१ फागुन २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीनदिने मधेश प्रदेश भ्रमणका क्रममा जनकपुरधाम आइपुगेका छन् । मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरmे १८ सदस्यीय प्रतिनिधिसहित  जनकपुरधाम आएका हुन् । 

मुख्यमन्त्री पोखरेलले भ्रमणका क्रममा पर्यटन नगरी पोखरालाई जनकपुरधाम नगरीसँग जोड्नका लागि दिर्घकालीन योजना बनाइने बताए । उनले पोखरा र जनकपुरधामको सम्बन्ध सुमधुर रहेको समेत बताए । मुख्यमन्त्री पोखरेलाई विमानस्थलमा मधेश प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलगायतका टोलीले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलसहितको टोली नेपाल रेल्वेको अवलोकन, जनकपुरधाका धार्मिक स्थलको अवलोकन लगायतका कार्यक्रममा सहभागी हुने मन्त्री महतोले बताए । उनले साँझ ५ बजे सीतासरण होटलमा मुख्यमन्त्री पोखरेलको स्वागतमा कार्यक्रम आयोजन गरिएको बताए ।  मुख्यमन्त्रीको टोलीले आइतबार बिहान जानकी मन्दिरको दर्शन र पूजाअर्चना गर्नेछन् भने  बिहान १० बजे बर्दिबासमा उनका लागि स्वागत कार्यक्रम राखिएको छ ।

त्यसपछि उक्त टोली सर्लाहीको भरतताल र नुनथर, बाराको गढीमाई मन्दिर दर्शन गरेर पुनः जनकपुरधाम फर्किने योजना रहेको मन्त्री महतोले बताए । त्यस्तै सोमबार बिहान महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री पोखरेलेको टोली पोखरा फर्किने कार्यक्रम रहेको मन्त्री महतोले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप