शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रुसमाथि प्रतिबन्ध लगाउने कम्पनीको सूचीमा थपियो गुगल, विज्ञापन सेवा बन्द

शनिबार, २१ फागुन २०७८, १२ : २४
शनिबार, २१ फागुन २०७८

अमेरिकी प्रविधि कम्पनी गुगलले रुसमा सम्पूर्ण विज्ञापन बन्द गरेको घोषणा गरेको छ । छिमेकी युक्रेनमाथि सैन्य हमला गरेपछि रुसमाथि प्रतिबन्ध लगाउँदै गुगलले विज्ञापन सेवा बन्द गरेको घोषणा गरेको हो । रुसमा सबै प्रकारका विज्ञापन बन्द गरेको घोषणा गर्दै कम्पनीले भन्छ, ‘हामी रुसमा गुगल एड बन्द गर्न गइरहेका छौं । हामी यसपछि हुने आफ्नो निर्णय पनि सबैलाई जानकारी दिने छौं ।’ कम्पनीको यो निर्णयले रुस भित्र बज्ने सम्पूर्ण विज्ञापनलाई समेट्ने छ ।
युट्युबमार्फत हुने प्रसारण समेत यही निर्णयबाट रोकिने गुगलले जनाएको छ । गुगलको यो कदमले रुसभित्र रहेका ठूलो प्रविधि प्लेटफर्मले आफ्नो सेवा बन्द गर्ने तयारीमा रहेको समेत देखाएको छ । यस्तै, रुसमा सञ्चालनमा रहेका ठूलो प्रविधि कम्पनीले निरन्तर सेवा बन्द गर्दै आइरहेका छन् ।

यद्यपि, रुसी सरकारले यस अघि नै अमेरिकी प्रविधि कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरिसकेको छ । रुसले युट्युब, गुगल, फेसबुक र ट्वीटरजस्ता प्रविधि कम्पनीमाथि आफ्नो देशमा प्रतिबन्धको घोषणा गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप