रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने सिंगापुरको घोषणा
शनिबार, २१ फागुन २०७८, १२ : २०
रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा सिंगापुरले रुसमाथि प्रतिबन्धको घोषणा गरेको छ । सिंगापुरले रुसबाट सामान आयातमा सीमा लगाउने र केही रुसी बैंकमा पनि प्रतिबन्ध लगाउने बताएको छ।
यसबाहेक सिंगापुरले रुस र रुसको केन्द्रीय बैंकसँग सहकार्य गर्न सक्ने कुनै पनि वित्तीय संस्था र क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले यसअघि संसदमा भनेका थिए, ‘सिङ्गापुरले रुसविरुद्ध उचित प्रतिबन्ध लगाउन समान विचारधारा भएका देशसँग मिलेर काम गर्ने लक्ष्य राखेको छ ।
क्षेत्रीय छिमेकीहरू माझ प्रतिबन्ध लागू गर्ने पहिलो देश सिंगापुर हो । तथापि, आसियानका अन्य सदस्य राष्ट्रहरूले रुसको कार्यको निन्दा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो