आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनी राष्ट्रपति जेलेन्स्की तीनवटा हत्या प्रयासबाट बचेको दाबी

शनिबार, २१ फागुन २०७८, ११ : १८
शनिबार, २१ फागुन २०७८

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की  पछिल्लो साता आफूविरुद्ध भएका तीनवटा हत्या प्रयासबाट बचेको बताइएको छ ।  जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको द टाइम्सको रिपोर्टमा उल्लेख छ । दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ रहेको छ । 

रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ । राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन पोस्टले पनि लेखेको छ । 

राष्ट्रपतिको हत्या पछाडि लागि परेको बताइएका चेचेन विशेष फौजलाई युक्रेनी एक सुरक्षा नेताले समाप्त पारिदिएको सो पत्रिकाले जनाएको थियो । रुसी सेनाले युक्रेन हमलालाई झनै आक्रमक बनाएको छ । शुक्रबार मात्र रुसी सेनाले युक्रेनको आणविक केन्द्रमा आगो लगाइदिएको थियो ।

आगो लगाइदिएपछि सो केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ ।  युरोपकै ठूलो बताइएको सो आणविक केन्द्रमा भएको हमलाको विश्व समुदायले निन्दा गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप