काँग्रेस चितवनको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने
नेपाली काँग्रेस चितवनको सभापति पदको निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि मतदान दोस्रो चरणमा धकेलिएको हो । काँग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको ५१ प्रतिशत मत प्राप्त हुनु पर्ने हुन्छ ।
काँग्रेस चितवनको सभापति पदका लागि संस्थापन र इतर पक्षका गरी ५ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका थिए । चितवन काँग्रेसको सभापतिका लागि संस्थापन पक्षबाट बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उम्मेदवारी दिएका थिए भने इतर पक्षबाट ४ जनाले उम्मेदवारी दिएका थिए । इतर पक्षबाट हालका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राजेश्वर खनाल र डा. सूर्यकान्त घिमिरेले उम्मेदवारी दिएका थिए ।
शुक्रबार भएको मतदानमा कुल २ हजार ८ सय २० मत खसेको थियो । काँग्रेस चितवनको सभापतिमा इतर पक्षका खनालले सर्वाधिक ७ सय ४६ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन पक्षका श्रेष्ठले ६ सय ६२ मत पाए । यस्तै हालका सचिव जोशीले ४ सय ७२ मत ल्याएर तेस्रो भए भने, डा. घिमिरेले ४ सय २६ मतसहित चौथो र उपसभापति कोइरालाले ४ सय १२ मत सहित पाँचौँ भए । सभापति पदमा १०१ मत बदर भएको थियो ।
निर्वाचन अधिकृत ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार दोस्रो चरणको निर्वाचनको कार्यक्रम शनिबारका लागि तोकिएको छ । शनिबार दिउँसो साढे १२ बजेदेखि साढे ४ बजेसम्म मतदानको कार्यक्रम सञ्चालन हुने छ । सभापति पदका लागि यस अघि भएको निर्वाचनमा पहिलो र दोस्रो हुने उम्मेदवार बीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणको मतदानबाट पहिलो स्थानमा रहेका संस्थापन इतर पक्षका खनाल र दोस्रो स्थानमा रहेका संस्थापन पक्षका श्रेष्ठ बीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या