सबासँग विवाह गर्ने योजनामा ऋतिक ?

ऋतिक रोशन र उनकी श्रीमती सुजेन खान छुट्टिएको धेरै समय भइसकेको छ । यसैबीच, ऋतिक रोशन र साबा आजाद एकसाथ देखिए र त्यसपछि दुईको सम्बन्धको निकै खबर छ । खाना खानेदेखि किनमेलसम्ममा पपाराज्जीले दुई जनालाई एकैसाथ आफ्नो क्यामरामा कैद गरेका छन् ।
भनिन्छ, तीन महिनाअघि ऋतिक रोशन र साबा आजादबीच भेट भएको थियो र बिस्तारै दुई जनाले आफ्नो सम्बन्धलाई अगाडि बढाइरहेका छन्। मिडिया रिपोर्टअनुसार ऋतिकले साबासँगको आफ्नो सम्बन्धलाई अर्को तहमा लैजाने योजना बनाएका छन् । बलिउडलाइफका अनुसार यी दुई एकअर्काप्रति ुअत्यन्त गम्भीरु छन् र छिट्टै विवाह गर्ने योजनामा छन् ।
दुई जनासँग निकट रहेका एक मित्रले भारतीय मिडियासँग कुरा गर्दै भने, ‘ऋतिक साबालाई लिएर लागि एकदमै गम्भीर छन् । उनी यो सम्बन्धलाई अगाडि बढाउन चाहन्छन्। उनले विवाह गर्ने योजना छ । तथापि, अहिलेसम्म केही निर्णय गरिएको छैन ।’
उनले थपे, ‘दुई जना अत्यन्तै खुसी छन् र एकअर्कालाई अझ बढी चिन्न धेरै समय सँगै बिताइरहेका छन्। हालै मित्र फरहान अख्तर र शिबानी दान्डेकरको विवाहमा उपस्थित भएका ऋतिक निकै खुसी देखिन्थे ।’ ऋतिक भने आफ्नो सम्बन्धलाई मिडियाबाट टाढा राख्न चाहन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)