शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

चीनद्वारा रक्षा बजेट ७.१ प्रतिशतले बढाउने घोषणा

शनिबार, २१ फागुन २०७८, ०९ : ४४
शनिबार, २१ फागुन २०७८

चीनले  सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बढाउने शनिबार घोषणा गरेको छ । अमेरिका पछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ । समाचार एजेन्सी एएफपीका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७,५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनमा जनाइएको छ ।

चीनको राज्य संचालित ग्लोबल टाइम्स अखबारको अंग्रेजी वेबसाइटले सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञहरूको भनाइ उद्धृत गरेको छ । यसअघि २०२१ को मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो । गत वर्ष चीनको रक्षा बजेट ६.८ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२० मा कोरोनाको बावजुद यो ६.६ प्रतिशत थियो।

चीनको रक्षा बजेट यसको वार्षिक जीडीपी अनुमान भन्दा बढी छ। प्रधानमन्त्री ली खछ्याङले शनिबार बेइजिङको वार्षिक जीडीपी दर ५.५ प्रतिशत हुनसक्ने घोषणा गरेका थिए । चीनको संसद्को वार्षिक अधिवेशनको उद्घाटनका क्रममा प्रधानमन्त्री लीनले भने, ‘बेइजिङले सैन्य प्रशिक्षण र युद्धको तयारीलाई बढाउने छ र चीनको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्नेछ ।’

गत हप्ता जर्मनीले पनि रूसको आक्रामकतालाई ध्यानमा राख्दै रक्षा बजेटमा ठूलो वृद्धि गरेको थियो। जर्मनीले यस वर्ष आफ्नो सशस्त्र फौजको विशेष कोषलाई १०० अर्ब युरो दिने निर्णय गरेको छ । जर्मनीको रक्षा बजेट अहिले कुल जीडीपीको २ प्रतिशत रहेको छ। सन् २०२१ मा जर्मनीको सम्पूर्ण रक्षा बजेट ४७ अर्ब युरो थियो । रोयटर्स समाचार एजेन्सीका अनुसार जर्मनीले आफ्नो पुरानो टोर्नाडोको सट्टा अमेरिकाबाट एफ(३५ लडाकु विमान किन्न सक्छ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप