फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल हुने चर्चा

अमेरिकी राष्ट्रपति जो बाइडेन फिनल्याण्डलाई सुरक्षा र रक्षा सहयोगलाई थप बढाउन सहमत भएका छन्। युक्रेनमाथि रुसको आक्रमणले रुससँग सीमा जोडिरहेका युरोपेली देशहरुमा चिन्ता उत्पन्न भएको छ । त्यही क्रममा फिनल्याण्डका राष्ट्रपति सली निनन्स्तोसँग ह्वाइट हाउसमा भएको वार्ताको दौरान राष्ट्रपति बाइडेनले फिनल्याण्डलाई एक बलियो रक्षा सहयोगी बताएका हुन् । तथापि, दुई नेताले फिनल्याण्ड नेटोको भाग हुने नहुने विषयमा केही पनि बोलेनन् ।
फिनल्याण्डको रुससँग १,३०० किमी लामो सीमा जोडिएको छ । सन् १९१७ सम्म यो रुसी नियन्त्रणमा थियो। युक्रेनमाथि रुसको हमलापछि फिनल्याण्ड र स्वीडेनका अधिकांश जनता नेटो सदस्य बन्ने पक्षमा रहेको देखिन्छन् । तर, रुसले भने फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सहभागी हुन नदिन चेतावनी दिएको थियो। स्वीडेन लामो समयदेखि निष्पक्षताको लागि चिनिन्छ । तर पछिल्लो सर्वेक्षणमा ५१ प्रतिशत मानिसहरूले नेटोमा सामेल हुने पक्षमा मतदान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने
-
संघीयतापछि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उपलब्धि प्राप्त भएको छ: मन्त्री थापा
-
तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट
-
निर्मल क्याम्पसको स्ववियु सभापतिमा भण्डारी निर्वाचित