कस्तो छ वनस्पतिमा आधारित कोरोनाविरुद्धको पहिलो खोप ?

विश्वमा कोरोनाको संक्रमण रोक्न विभिन्न प्रकारका खोपको प्रयोग भइरहेका छन् । यही बाटो पछ्याउँदै क्यानडा सरकारले विश्वकै पहिलो वनस्पतिमा आधारित खोप स्वीकृत गरेको छ। यसको नाम 'कोभिफेन्ज' हो। यसको विकास क्यानाडाको क्युबेक शहरमा भएको छ।
कोभिफेन्ज खोप क्यानाडामा बनाइएको पहिलो कोरोना खोप हो। यो क्युबेक सिटीमा आधारित मित्सुबिशी केमिकल र फिलिप मोरिसको स्वामित्वमा रहेको बायोफार्मा कम्पनीहरू मेडिकागो र ग्लाक्सो स्मिथक्लाइनद्वारा निर्माण गरिएको हो। यससँगै यो विश्वकै पहिलो कोरोना खोप बनेको छ जुन खोप बिरुवामा आधारित प्रोटिनबाट तयार पारिएको हो।
हाल, क्यानाडामा यो १८ देखि ६४ वर्षका मानिसहरूमा यो खोप लगाइनेछ। सरकारका अनुसार खोपले १८ वर्षमुनिका र ६४ वर्षभन्दा माथिका मानिसमा पार्ने प्रभावबारे पत्ता लगाउन अनुसन्धान चलिरहेको छ । खोप दुई मात्रा दिइनेछ । दोस्रो मात्रा पहिलो मात्रा दिइएको २१ दिनपछि दिइनेछ।
१८ देखि ६४ वर्षका मानिसहरूमा कोभिफेन्ज खोप कोरोनाका सबै प्रकारका विरुद्ध ७१ प्रतिशत प्रभावकारी भएको पाइएको छ। साथै, यो खतरनाक डेल्टा भेरिएन्ट विरुद्ध ७५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ ः अध्यक्ष लिङ्देन
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङदेनको चेतावनी
-
बार निर्वाचन : श्रेष्ठ भन्दा मिश्र करिब दोब्बर मतले अगाडि, महासचिवमा केदारप्रसादलाई पछ्याउँदै यज्ञमणि
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?