सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु

शनिबार, २१ फागुन २०७८, ०७ : २९
शनिबार, २१ फागुन २०७८

नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् । नगरपालिकाको सहयोगमा मण्डनदेउपुर नगरको द माउन्ट एभरेस्ट तेक्वान्दो डोजाङले सञ्चालन गरेको उक्त तालिम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले शुभारम्भ गरे । 

तालिममा कुनै पनि दुव्र्यवहारको प्रश्न उठाउन, तत्काल प्रतिवाद गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न, वा भौतिकरुपमा प्रतिकारसमेत गर्नसक्ने बनाउनेलगायत विषयमा जानकारी दिइने छ । यस्तै त्यस्ता घटनको कानूनी व्यवस्थाबारे पनि  जानकारी दिइने छ ।

नगर प्रमुख तिमल्सिनाले तालिमले हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यस्तो तालिम अब निरन्तररुपमा सञ्चालन गरिने जानकारी दिए । “महिलामैत्री र  बालमैत्री नगर निर्माणका लागि आफूहरुले निर्वाचित भएदेखि नै निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उनले भने । नगर उपप्रमुख रामदेवी तामाङले किशोरी भएदेखि नै लैैङ्गिक हिंसा सुरु हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप