शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

शुक्रबार, २० फागुन २०७८, २२ : १३
शुक्रबार, २० फागुन २०७८

जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर स्कोल्जले सैन्य कारबाही तुरुन्त रोक्न माग गरेका छन् । 

जर्मन सरकारका प्रवक्ताले दुई नेताबीच वार्ता भएको विषयमा जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।  स्कोल्जले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । 

प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुनः छलफल गर्ने सहमति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप