बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : नारायणकाजीलगायतका असन्तुष्ट नेतालाई फकाउने प्रचण्डको प्रयास

शुक्रबार, २० फागुन २०७८, २१ : ५५
शुक्रबार, २० फागुन २०७८

आज मिति २०७८ साल फागुन महिनाको २० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ । 
१. माओवादी केन्द्रीय समितिको बैठक
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएको भन्दै यसमा कुनै राष्ट्रघात नभएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी पारित भएसँगै सत्ता गठबन्धनपनि चुनावसम्मै जाने निश्चित भएको बताए । उनले एमसीसी पारित गर्नुपर्नाको कारणबारे लामो ब्याख्या गर्दै नारायणकाजी श्रेष्ठलगायत असन्तुष्ट नेताहरुलाई आस्वस्त बनाउने प्रयास गरेका थिए । 
तर, बैठकमा अर्का नेता नारायणकाजी श्रेष्ठले भने एमसीसीको कडा आलोचना गर्दै नेतृत्वले यसमा गल्ती गरेको जिकिर गरेका थिए ।   आज प्रचण्ड र श्रेष्ठले बोलेपछि बैठक आइतबारसम्म स्थगित भएको छ । 

२‍. बिदा भए २० राष्ट्रियसभा सदस्य 

राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल सम्पन्न गरेका २० सांसदहरुको बिदाई भएको छ । ४ बर्षे कार्यकाल सकिएर एमालेका ८ जना, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली काँग्रेसका ३ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० सांसदको कार्यकाल सकिएको हो । उनीहरुको काठमाडौंमा एक होटलमा कार्यक्रम गरी राष्ट्रिय सभा अध्यक्षले शुक्रबार बिदाई गरे ।

३. फेरि विघटनका कुरा 

लामो रस्साकस्सीपछि एमसीसीलाई टुंगो लगाएको सत्ता गठबन्धनको ध्यान अव संसदमा रहँदै आएको अवरोध हटाउनेतिर केन्द्रीत भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने मुड रहेको बुझेको सत्ता गठबन्धनले विभिन्न विकल्पबारे खोजी गर्न थालेको हो । त्यसका लागि गठबन्धनमा सकेसम्म प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउनुपर्ने र नभए विकल्पको खोजी गर्नुपर्ने विषयले प्रवेश पाएको हो ।

४ पल शाह प्रकरण र युट्युबरको सक्रियता 

नेपाली चलचित्र एवं म्युजिक भिडियोका अभिनेता पल शाह यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनीमाथि एक नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको छ । नाबालिग तर्फबाट उनका बाबुले तनहुँ तथा नवलपरासी प्रहरी कार्यालयमा जाहेरी दिएपछि ५ दिनसम्म लुकेर बसेका शाहले तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए । 
शाहले अनुसन्धानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेको भोलिपल्टदेखि नै जिल्ला प्रहरी कार्यालय तनहुँमा युट्युबरहरुको कुम्भमेला लागेको छ । उनीहरूले त्यहाँबाट खबर दिने नाममा अफवाह फैलाइरहेका छन् । 
यही विषयमा राष्ट्रिय मानवअधिकार आयोग, प्रेस काउन्सिल र गृह मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ।  

 

५‍. अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको निधन

स्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण वार्नको निधन भएको बीबीसीले जनाएको हो । 
वार्नले आफ्नो १५ वर्षे करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । उनले सन् १९९९ को एकदिवसीय विश्वकपको उपाधि पनि जितेका थिए । 

६. प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास

प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास भएपछि सेना बोलेको छ । केही दिन अघि अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्न नहुने भन्दै प्रधानसेनापति प्रभुराम शर्मा​ले भाषण गरेको भन्ने भ्रामक भिडियो सामाजिक सञ्जालमा देखिएको थियो ।

त्यसबारेमा बोल्दै सेनाले सेनाका गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी समाजमा भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

​७.  बजेट र कार्यक्रम प्रस्ताव गर्दा १० विवरण अनिवार्य

मन्त्रालय तथा निकायहरूले आगामी आर्थिक वर्ष २०७९/८० लागि कार्यक्रम र बजेट प्रस्ताव पेश गर्दा विभिन्न १० विवरण प्रस्तुत गर्नुपर्ने भएको छ । राष्ट्रिय योजना आयोगले यही साता बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तथा ढाँचा पठाउँदै सरकारी निकायहरूलाई बजेट छलफलका लागि ४ बुँदामा १० विवरण प्रस्तुत गर्न भनेको हो ।​

८. साइबर ब्यूरोले लेख्यो प्रेस काउन्सिललाई पत्र

नायिका रेखा थापाले विभिन्न युट्युव च्यानलले आफ्नोबिरुद्ध भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी गरेकी छिन् । थापाको उजुरीपछि ब्यूरोले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।
काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्तासम्बन्धी विवरण माग गरिएको छ । काउन्सिलमा पत्राचार गरेको जानकारी दिँदै ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीसँग भने–‘हामीले काउन्सिललाई पनि केहो यथार्थ बुझिदिनुहोला भनेर अनुरोध गरेका छौं ।’​

९. एमसीसीविरुद्ध आन्दोलन

एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् । उनीहरुले खुला मञ्चमा विरोध सभा आयोजना गर्दै सोअघि  विरोध र्‍यालीको आयोजनासमेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप