मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सप्तरी काँग्रेसमा नयाँ नेतृत्व छान्न शनिवार मतदान हुने

शुक्रबार, २० फागुन २०७८, २१ : ५५
शुक्रबार, २० फागुन २०७८

नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ ।  सहमतिमा फागुन २० गते आज हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको छ ।

जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा घनश्याम साह र मनोज खड्काको उम्मेदवारी दिएका छन् ।

\साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सहसचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप