धादिङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
शुक्रबार, २० फागुन २०७८, २१ : ३३
धादिङको नीलकण्ठ गाउँपालिका–८ रामकोटमा ब्रतबन्धको निम्तामा आएकालाई शुक्रबार एउटा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
निम्ता मानेर आफ्ना घर फर्किन लाग्दा रोकेर राखिएको ट्रकले स्टार्ट गर्ने क्रममा ती मानिस र स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ज्वालामूखी गाउँपालिका–५ की ४० वर्षीय डिलमाया आलेमगरको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सो घटनामा घाइते चार जनाको उपचार भइरहेको र अरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए । दुर्घटनापछि निम्तामा आएकाले घाइतेको उद्धार गरी धादिङ अस्पतालमा उपचारका लागि पुर्याएका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी