नेपाल औषधी उत्पादक संघले आठौं फर्मा एक्सपो गर्दै

नेपाल औषधी उत्पादक संघले आठौं नेपाल फर्मा एक्स्पो २०७९ बैशाख ९ देखि ११ गतेसम्म आयोजना गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैशाख ९ देखि ११ गते (22-24 April 2022) सम्म चितवन एक्स्पो सेन्टर भरतपुर, चितवनमा नेपाल फर्मा एक्स्पो २०२२’ गर्ने जानकारी दिएको हो ।
नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधि र यसमा अपनाएका संवेदनशिलताको बारेमा जानकारी तथा सचेतना फैलाउन उदेश्यले फर्मा एक्सपो गर्न लागिएको संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले बताए । नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन र अझ प्रविधि मैत्री दक्षता प्रदान गर्न, औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उद्धेश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष पाण्डेले बताए ।
नेपालमा हाल प्रत्येक बर्ष ३५ वटा प्राविधिक कलेजबाट करिव १५ सय औषधी प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिस्ट उत्पादन हुँदै आएको छ । एक्स्पोमा १६० स्टल रहनेछन् । औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधी उद्योगहरु समेत एक्स्पोमा भाग लिने संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर
-
नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर
-
पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?