सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नेप्सेबाट ८ अर्ब ९० करोड राजश्व संकलन

शुक्रबार, २० फागुन २०७८, २० : ५१
शुक्रबार, २० फागुन २०७८

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेप्सेले पुँजी बजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरका राजश्व संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग पुँजी बजार रिपोर्टिङ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सडिएस एन्ड क्लियरिङले चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजी बजारबाट ८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको बताएको हो । 

अन्तक्र्रिया कार्यक्रमा बोल्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद आचार्यले पछिल्लो समय पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढेकाले राजश्व संकलन पनि बढेको बताए । उनले पछिल्लो १८ महिनामा ३४ लाखले डिम्याट खाता खोल्नेको संख्या बढेको उल्लेख गरे । डिम्याट खाता खोल्नेको संख्या अहिले ५० लाख १९ हजार ८२६ पुगेको सिइओे आचार्यले जानकारी दिए । आचार्यले  डिम्याट खातासँगै मेरो शेयरमा खाता खोल्नेको संख्या पनि पछिल्लो १८ महिनामा बढेर ४१ लाख ३३ हजार २४० पुगेको बताए । उनले गत आर्थिक वर्षमा १४ अर्ब १४ करोड रुपैयाँ राजश्व जम्मा भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन भएको बताउनु भयो ।

यस्तै कार्यक्रमा बोल्दै नेपाल स्टक एकसचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले नेपाली पुँजी बजारको आवश्यकता अनुसार नयाँ स्टक एकचेञ्ज आएको बताए । उनले यसअगाडि आफूले तत्काल नयाँ नयाँ स्टक एकचेञ्ज ल्याउन पहल गर्छ नभनेको स्पष्ट पारे । बजारको आवश्यकतालाई नेप्सेले पूरा गर्न सफल हुनुपर्ने तथा नेप्से त्यही अनुसार लाग्नु पर्ने लाग्नु पर्ने र त्यस्तो गर्न नसके अन्य विकल्प खोज्नु पर्ने देखिएको मात्रै भनेको बताए । उनले सरकारले स्वीकृति दिए नेप्सेले स्वीकृति अनुसार सधारण शेयर आइपिओ जारी गर्ने उल्लेख गरे ।  

उनले भने,‘नेप्सेले सम्पादन गर्ने काम भनेको हरेक वर्ष बजेट तथा कार्यक्रमबाट स्वीकृत भएका कार्यक्रमलाई बढी प्रभावकारी कसरी हुन्छ । यस्ता कार्यक्रमा सम्पादन गर्ने हो यसमा मेरो योगदान बढी रहने छ । अहिले नेप्सेमा केही कानूनी समस्याहरु छन् । केही प्रविधिगत समस्याहरु छन । तिनीहरुलाई सुधार गरेर छिमेकी देशहरुले स्टक एक्सेन्जहरुको अभ्यास गरिरहेको र केही उपकरणहरु हाम्रो अभ्यासमा छैनन् । ती नयाँ उपकरणहरुलाई नेपाली पुँजीबजारमा प्रवेश गराउने ध्यान गएको छ ।’

पछिल्लो समय शेयरबजारप्रति आम सर्वसाधारणहरूको आकर्षण बढेसँगै हितग्राही खाता (डिम्याट) खोल्नेहरूको संख्यामा समेत उल्लेखनीय वृद्धि भएकाले नेपाली पुँजीमा पनि वृद्धि हुँदै गएको छ । नेप्सेले ग्रामिण स्तरसम्म पुँजीबजारलाई विस्तार गर्न नयाँ सफ्टवयरहरु निर्माण गरेर कारोबारको लागि सहज बनाउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप