शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद स्मारक ‘बी’ डिभिजन : मध्यपुरको जित

शुक्रबार, २० फागुन २०७८, १९ : ०६
शुक्रबार, २० फागुन २०७८

 

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मध्यपुर युथ एशोसियशनले विजयी सुरुआत गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । मध्यपुरका लागि सञ्जीव थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धीरज श्रेष्ठ र जेनिश प्रजापतिले एक÷एक गोल गरे । 

सामाजिक युवाका लागि विकास दर्जी र वसन्तबहादुर रानाले एक÷एक गोल गरे । खेलको चौथो मिनेटमा सन्नी लामाले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए । सञ्जीवले खेलको आठौँ मिनेटमा मध्यपुरको अग्रता दोब्बर बनाएका थिए । तर सामाजिक युवाका विकास दर्जीले १६औँ मिनेट तथा वसन्तबहादुरले २१औँ मिनेटमा गोल गर्दै खेललाई दुई÷दुई को बराबरीमा ल्याए । सञ्जीवले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मध्यपुरलाई पुन अग्रता दिलाउदा धीरजले ५४औँ मिनेट तथा जेनिशले ७४औँ मिनेटमा गोल गर्दै मध्यपुरको जित सुनिश्चत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप