शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

समाजिक सञ्जालमा भ्रामक तस्बिर तथा भिडियो पोष्ट नगर्न गृहको आग्रह

शुक्रबार, २० फागुन २०७८, १८ : ५३
शुक्रबार, २० फागुन २०७८

गृह मन्त्रालयले समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सामाजिक सञ्जालमा सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग गरी  भ्रामक एवं झूटा शीर्षक राखेर अफवाह नफैलाउन आग्रह गरेको हो ।

यस्ता तस्बिर तथा भिडियोले समाजमा अफवाह फैलाउने भएकाले उक्त क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गरिने जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप