शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा लामाको निधनप्रति दुःख व्यक्त

शुक्रबार, २० फागुन २०७८, १८ : ३७
शुक्रबार, २० फागुन २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुर महानगरपालिका निवासी डिबी लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । लामाको यही फागुन १७ गते आफ्नै निवासमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

प्रधानमन्त्री देउवाले आज शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । लामा विसं २०२८ देखि कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा रहँदै आएका थिए ।

विसं २०३० मा प्रजातन्त्र स्थापनाका लागि आर्थिक सहयोग जुटाउन गरिएको विमान अपहरण काण्डमा भारततर्फ बसेर लामाले महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप