रुपन्देही सुपर लिगअन्तर्गत आजबाट डिभिजन ‘ए’ का खेल सुरु

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत आजबाट डिभिजन ‘ए’ का खेल सुरु भएका छन् । डिभिजन ‘ए’ को पहिलो खेलामा एमसीसीले होराइजन क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले निर्धारित ५० ओभरको खेलमा २२ ओभरमा खेल्दै सबै विकेट गुमाएर ५१ रनमै समेटियो । उसका लागि विक्रमसिंह विकलले २३, विशाल खत्रीले ८ र कुशल मल्लले ७ रन बनाए ।
एमसीसीका सेजाद आलम, रोशनलाल गुप्ता, रमेश कुर्मी र सन्तोष यादवले समान २–२ तथा शिवकुमार मौर्यले १ विकेट लिए । प्रतिउत्तरमा एमसीसीले १३.३ ओभरमा २ विकेटको नोक्सानीमा ५५ रन बनाउँदै जित निकाल्यो । उसका लागि विजय प्रजापतिले नटआउट १७, सुशान्त थापाले १५, मिर्नाल गुरुङले १० र सविन शाक्यले नटआउट ९ रन बनाए । बलिङमा होराइजनका पुरुषोत्तम भट्टराई र तुलबहादुर थापाले समान १–१ विकेट लिए ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा