‘प्लेन अपहरण’ संलग्न डिबी लामाको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
शुक्रबार, २० फागुन २०७८, १७ : १३
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डिबी लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी लामाको निधनमा सभापति देउवाले दुःख व्यक्त गरेको जनाएका हुन् ।
ललितपुरको सानेपा निवासी ७१ वर्षीय लामाको फागुन १७ गते आफ्नै निवासमा निधन भएको थियो । आज बिहान १० बजे लामाको वैदिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।पौडेलका अनुसार स्वर्गीय लामा २०२८ सालदेखि काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको सहयोगी थिए ।
२०३० सालको प्लेन अपहरण काण्डमा भारततर्फ बसेर लामाले महत्वपूर्ण भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?