काउन्सिलको एक्सन : २२ अनलाइनलाई सचेत, १६ युट्युबलाई कारवाहीको सिफारिस
शुक्रबार, २० फागुन २०७८, १७ : ००

नेपाल प्रेस काउन्सिलले आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण गर्ने २२ वटा अनलाइन मिडियालाई सचेत गराएको छ । काउन्सिलले सुचना तथा प्रशारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वटा वेबपोर्टलहरुलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ । काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गर्दै कुनै मिडिया अन्र्तगत आवद्ध नभएका १६ युट्युव च्यानललाई आवस्यक कारवाहीका लागि प्रहरीको फाइवर ब्युरोमा सिफारिस गरेको जनाएको छ । पछिल्लो समय पल साह र पीडित नाबालिकसँग जोडिएर आएका समाचारहरुमा आचारसंहिता विपरित सम्प्रेषण समाचारप्रति काउन्सिलले विशेष निगरानी गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म