आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कपनबाट १३ जना जुवाडे पक्राउ

शुक्रबार, २० फागुन २०७८, १६ : ४३
शुक्रबार, २० फागुन २०७८

काठमाडौं महानगरपालिका–६ कपन स्थित रामहिटीबाट प्रहरीले १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कपनबाट खटिएको टोलीले दुई जना महिला सहित १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जुवाखालबाट प्रहरीले ३ लाख ९७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी प्रेम बहादुर भण्डारी, भोजपुर घर भएका सन्तोष श्रेष्ठ, काठमाडौं पेप्सिकोलाका निर कुमार शर्मा, रोल्पाको सुवर्णमति गाउँपालिका घर भएका कमला सिंह र शारदा सिंह लगायत छन् ।

जुवाखालबाट प्रहरीले १९ दाना कौडा बरामद गरेको छ । जुवाडेहरुलाई महानगरीय प्रहरी वृत बौद्धले जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप