आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन : पौडेल

शुक्रबार, २० फागुन २०७८, १६ : ४२
शुक्रबार, २० फागुन २०७८

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन् ।  नेपाली काँग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको ११औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ द्वारा  आयोजित २ दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । 

‘केन्द्रीय तहबाट स्थानीय तहमा गठबन्धन हुँदैन । स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ’, उनले भने। 
उनले आगामी चुनावमा काँग्रेसले भ्रष्टाचारविरुद्धको एजेण्डा अघि सार्नुपर्ने पनि उनले बताए । ‘स्थानीय तहले विकासलाई गाउँगाउँमा लगे, भौतिक पूर्वाधारको पक्षमा स्थानीय तहमा धेरै नै भएको छ । तर सँगसँगै भ्रष्टाचार पनि बढिरहेको छ’, उनले भने, ‘स्थानीय तहको निर्वाचनमा काँग्रेस भ्रष्टाचारविरुद्ध प्रतिबद्धता ल्याउनुपर्छ ।’

उनले विकासको आधार स्थानीय तह भएकाले भ्रष्टाचारविरुद्ध काँग्रेस खरो रुपमा उत्रिन जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप