शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीमा ‘कन्फ्युजन’ हट्यो : ओनसरी घर्ती

शुक्रबार, २० फागुन २०७८, १६ : ११
शुक्रबार, २० फागुन २०७८

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती मगरले एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणाले यसअघि रहेका ‘कन्फ्युजन’ हटेको दावी गरेकी छन् ।  ‘एमसीसी जस्ताको तस्तै होइन, १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भयो । सार्वभौम संसदले यो जसरी पास गरेको छ, सार्वभौम संसदले पारित गरेको कुरा मलाई सानो लाग्दैन, त्यसकारण १२ बुँदामा स्पस्ट अडान राखिसकेका छौ, अव यसमा कन्फ्युजन रहेन’, घर्तीको भनाइ छ । 

माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पूर्वसभामुख समेत रहेकी घर्तीले  पार्टीभित्र एमसीसीबारे भिन्न मत उठेपनि त्यसबारे पार्टीभित्र छलफल गरेर अघि बढ्ने तयारी भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप