बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

१३ सीट क्षमताको क्यानेडियन ‘मुुभी थियटर’ विश्वकै सानो

शुक्रबार, २० फागुन २०७८, १४ : ५६
शुक्रबार, २० फागुन २०७८

१३ सीट क्षमताको क्यानडाको ओन्टारियो ‘मुुभी थियटर’ लाई गिनिज वर्ल्ड रेकर्ड बुकले विश्वकै सानो भएको प्रमाणित गरेको छ । स्ट्राटफोर्डमा रहेको सानो सिनेमा हलले २०२१ को अक्टोबरमा फिल्म देखाउन सुरु गरेको थियो । यसलाई रातो गलैँचा, गुणस्तरीय सीट र वैजनी डोरीले सजाइएको छ ।

थिएटरका मालिक र सञ्चालक ली कोनीले यसलाई औपचारिक रुपमा एक ग्यालरी र उपहार पसलको रुपमा व्याख्या गरेका छन् । उनले यसलाई ‘मिट योर मार्केट’ भनेका छन् । यसमा स्क्रीनलाई केही तल झारिएको छ र केही फोल्ड गर्न मिल्ने कुर्सीहरू राखिएका छन् । यसले स्थानीय फिल्म निर्माताहरूको कामलाई झल्काउँछ ।

‘हामीले स्थानीय फिल्म निर्माताहरूसँग मिलेर काम गरेका छौ । शहरमा थोरै मात्र प्रतिस्पर्धा गरेका छौ, हामीले सोच्यौ कि यदि हामीले स्क्रिनिङ रुमलाई स्थायी रुपमा निर्माण ग¥यौ भने यो महान हुने थियो,’ कोनीले बताए । 
विशेषगरी यो थियटर कोभिड–१९ को मध्यमा थोरै समूहका मानिस र निजी कार्यक्रम गर्नेगरी तयार पारिएको कोनीले बताए । यो थियटर जम्मा १७५.३६ वर्ग फुटको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप