स्थानीय तहमा जुन पार्टी बलियो उसैलाई गठबन्धनको उम्मेदवार बनाइने !
सत्तारुढ गठबन्धनमा आगामी स्थानीय तह निर्वाचनमा मिलेरै जाने भन्नेबारे छलफल भइरहेको छ । बिहीबार भएको सत्ता गठबन्धनको बैठकमा मिलेरै आगामी स्थानीय तहको चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो चुनावमा गठबन्धनभित्रका जुन दलको स्थानीय तहमा बलियो उपस्थिति रहेको छ उही दललाई उम्मेदवार दिएर बाँकी दललाई सघाउन सकिने बारे धारणा राखेका थिए ।
यस्तै गठबन्धन कमजोर भएको स्थानमा चाहिँ छलफलका आधारमा साझा उम्मेदवार खडा गर्न सकिने देउवाले धारणा राखेका छन् । यसबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबारको केन्द्रीय समिति बैठकमा पनि ब्रिफिङ गरेको एक नेताले दाबी गरे ।
उनले भने, ‘मिलेर नै चुनावमा जाने भनेर गठबन्धनमा छलफल भएको प्रचण्डले बनाउनु भएको छ । त्यसका निम्ति आवश्यकताअनुसार विभिन्न कार्यदलहरू बनाएर जाने पनि भन्नु भएको छ ।’ यद्यपि स्थानीय तहको हकमा बढी स्थानीय तहलाई नै सक्रिय पारिनुपर्नेमा पनि गठबन्धनमा कुरा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण