आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा जुन पार्टी बलियो उसैलाई गठबन्धनको उम्मेदवार बनाइने !

शुक्रबार, २० फागुन २०७८, १४ : ३८
शुक्रबार, २० फागुन २०७८

सत्तारुढ गठबन्धनमा आगामी स्थानीय तह निर्वाचनमा मिलेरै जाने भन्नेबारे छलफल भइरहेको छ । बिहीबार भएको सत्ता गठबन्धनको बैठकमा मिलेरै आगामी स्थानीय तहको चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् । 

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो चुनावमा गठबन्धनभित्रका जुन दलको स्थानीय तहमा बलियो उपस्थिति रहेको छ उही दललाई उम्मेदवार दिएर बाँकी दललाई सघाउन सकिने बारे धारणा राखेका थिए । 

यस्तै गठबन्धन कमजोर भएको स्थानमा चाहिँ छलफलका आधारमा साझा उम्मेदवार खडा गर्न सकिने देउवाले धारणा राखेका छन् ।  यसबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबारको केन्द्रीय समिति बैठकमा पनि ब्रिफिङ गरेको एक नेताले दाबी गरे । 

उनले भने, ‘मिलेर नै चुनावमा जाने भनेर गठबन्धनमा छलफल भएको प्रचण्डले बनाउनु भएको छ ।  त्यसका निम्ति आवश्यकताअनुसार विभिन्न कार्यदलहरू बनाएर जाने पनि भन्नु भएको छ ।’ यद्यपि स्थानीय तहको हकमा बढी स्थानीय तहलाई नै सक्रिय पारिनुपर्नेमा पनि गठबन्धनमा कुरा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप