चितवनमा गैँडा मारेर भागेका आरोपी काठमाडौंबाट पक्राउ
शुक्रबार, २० फागुन २०७८, १४ : ३४
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग निकालेर भागेका आरोपीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजालाई वनस्थलीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
२०७८ असारमा प्रजाले गैँडा मारेर खाग निकालेको चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले गरेको अनुसन्धानबाट थाहा भएको छ । फागुन १७ मा पक्राउ गरेर प्रहरीले उनलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाएको छ । आरोपी काठमाडौै–१६ स्थित वनस्थलीमा डेरा लिएर लुकेर बसेका थिए । निकुञ्जले उनीविरुद्ध बन्यजन्तु चोरी शिकारी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
-
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै
-
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा : अडियाे/भिडियाेलगायत सामाग्री मगाउने आदेश
-
बढाइयो सलमान खानको सुरक्षा, घरको बाल्कोनीमा बुलेटफ्रुफ सिसा
-
स्पाइडरम्यान अभिनेता–अभिनेत्रीले गरे इन्गेजमेन्ट