शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्यूरोडबाट फकाएर लगेर नयाँ बसपार्कमा १४ वर्षीया बालिकालाई बलात्कार

२२ वर्षीय युवक पक्राउ
शुक्रबार, २० फागुन २०७८, १४ : ११
शुक्रबार, २० फागुन २०७८

काठमाडौंको न्यूरोडबाट फकाएर लगेर एकजना युवकले १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । फागुन १७ मा बालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले सिन्धुली घर भएका रोहित विकलाई शुक्रबार पक्राउ गरेको छ । रोहित न्यूरोडस्थित मोबाइल पसलमा काम गर्थे ।

उनले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

सिन्धुलीको तीनथाना गाउँपालिका–३ घर भएका रोहित २२ वर्षका छन् । बालिकाका परिवारले उनीविरुद्ध महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी दिएका छन् । थप अनुसन्धानका लागी आरोपीलाई वृत्त जनसेवामा पठाइएको एसपी कोइरालाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप