आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रुस-युक्रेन युद्धको असर : भारतमा के–के चिज हुँदैछ महँगो ?

शुक्रबार, २० फागुन २०७८, १४ : ०१
शुक्रबार, २० फागुन २०७८

युक्रेनमा रुसको हमलापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । बिहीबार अमेरिकामा कारोबारको अवधिमा कच्चा तेलको मूल्य १४ वर्षकै उच्च भएको थियो । मूल्य हाल प्रति ब्यारेल ११६.५७ डलर पुुगेको छ । यो मूल्य २००८ को सेप्टेम्बर २२ देखिकै उच्च हो । त्यतिबेला लेहम्यान ब्रदर्सको संकटका कारण तेलको मूल्यमा वृद्धि भएको थियो । रुस–युक्रेन संकटका कारण कच्चा तेल मात्र होइन खाद्य तेल, खाद्यान्न र ग्यासको मूल्यमा पनि व्यापक वृद्धि भएको छ । यसको असर भारतमा पनि देखिन थालेको छ आगामी दिनहरुमा महँगी अनियन्त्रित हुन सक्छ । 

युक्रेनमा एक साताको लडाइले विश्वव्यापी अर्थतन्त्रको चुलो नै डगमगाएको छ । पश्चिमा देशको प्रतिबन्धले रुस एक्लिएको छ । उसको मुद्रा र वित्तीय सम्पत्तिहरु नराम्ररी प्रभावित भएका छन् । उर्जा र खाद्यान्नको मूल्य चुलिएको छ । विश्व बैंकका अनुसार रुसी अर्थतन्त्र १७ खर्ब डलरका साथ विश्वकै ११ ठूलो रहेको छ । रुसमा तेल र ग्यासको ठूलो भण्डारण रहेको छ । रुसको आपूर्तिमा अवरोध आउने आशंकाबीच कच्चा तेलको मूल्यमा पनि ह्वात्तै वृद्धि भएको हो ।

युक्रेनमा लडाइ सुरु भएपछि कच्चा तेलको मूल्यमा २० प्रतिशतले वृद्धि भइसकेको छ । युरोपमा प्राकृतिक ग्यासको मूल्य कीर्तिमानी स्तरमा पुगिसकेको छ । अघिल्लो शुक्रबारको तुल नामा मूल्य दुुई गुणाले वृद्धि भएको छ ।

यात्रा गर्ने र खाना पकाउने काममा पनि महँगीमा वृद्धि भइसकेको छ । महँगीबाट आर्थिक वृद्धि रोकिएको छ । एक रिपोर्ट अनुसार एसियामा यसको सबैभन्दा ठूलो असर भारतमा पर्न सक्छ । भारतले आफ्नो आवश्यकताको ८० प्रतिशत कच्चा तेल आयात गर्दै आएको छ ।

प्रतिलिटरमा १५ भारुको वृद्धि हुन सक्छ
हाल भारतमा पेट्रोल र डिजलको खुद्रा बिक्री दर ८२–८३ डलर प्रति ब्यारेल कच्चा तेलको मूल्य रहेको छ । भारतमा तिहारपछि पेट्रोल डिजेलको मूल्यमा कुनै हेरफेर भएको छैन । यसबाट तेल कम्पनीमा ठूलो नोक्सानी भइरहेको छ । विधानसभा चुनावपछि पेट्रोल डिजलको मूल्यमा १५ भारु सम्मको वृद्धि हुन सक्छ ।

सबैतिर महँगीको खतरा
कच्चा तेलको मूल्य बढेपछि यसको असर सिमेन्ट, विमान, रङ बनाउने कम्पनी, एफएमसीजी र अटो क्षेत्र प्रभावित हुने छन् । सिमेन्ट कम्पनीको कुल संचालन लागतमा उर्जा र इन्धनको खर्च २५ देखि ३० प्रतिशतसम्म हुन्छ । यसैगरी इन्धन महँगो भएपछि उड्डयन कम्पनी पनि प्रभावित हुने छ । यसबाट तेलको मूल्यमा वृद्धि भएपछि सबैतिर महँगी बढ्ने देखिन्छ ।

अप्रिलदेखि ग्यासको मूल्य दुई गुणा
हाल विश्वभरी नै ग्यासको ठूलो अभाव रहदै आएको छ र भारतमा यो अवस्था अप्रिलमा देख्न सकिन्छ । यसबाट भारतमा ग्यासको मूल्य दुई गुणा हुन सक्छ । बिजुलीको भाउ समेत बढ्न सक्छ । घरेलु उद्योगले पहिले देखि नै आयातीत एलएनजीका लागि ठूलो मूल्य चुकाउनु परेको थियो ।

रुर–युक्रेन युद्धबाट विश्वव्यापी आपूर्ति श्रृंखलामा पनि दबाब बढिसकेको छ । जसबाट कयौ बस्तुको मूल्य बढ्न थालिसकेको छ । विश्वभरीको गहुँ उत्पादनमा रुस र युक्रेनको हिस्सा  प्रतिशत छ । विश्वभरीमा गहूँको निर्यातमा दुइ देशको हिस्साा २९ प्रतिशत छ । यसबाट विश्वभरीमा गहूको मूल्य बढ्न सक्छ । बियर जौबाट बन्छ । युक्रेन विश्वकै सर्वाधिक जौ उत्पादन गर्ने पाँच देशमा पर्छ । युक्रेनमा चलिरहेको युद्धका कारण जौको विश्वव्यापी आपूर्ति श्रृंखला प्रभावित हुन सक्छ । यसबाट बियरको मूल्यमा पनि वृद्धि हुन सक्छ । यसैगरी युक्रेन मकैको तेस्रो ठूलो निर्यातक मुलुक पनि हो ।

खाने तेलमा पनि मूल्य वृद्धि
युक्रेनमाथि रुसको हमलाले खाद्य तेलमा पनि मूल्य वृद्धि हुन थालेको छ । एस साताको अवधिमै यसमा प्रति लीटर २० भारुको मूल्य वृद्धि भइसकेको छ । दिल्लीमा बुधबार लगभग सबै तेल र तेलहनको मूल्यमा वृद्धि भइसकेको थियो । युक्रेन सूूर्यमुखी तेलको सबैभन्दा प्रमुख उत्पादक हो । यसले भटासको तेलको मूल्य १६० बाट १७०  भारु पगेको छ । कच्चा पामतेलको  मूल्य प्रति टन २००० डलर भन्दा माथि पुगेको छ ।

विद्युतीय सामग्री र सवारी साधन महँगिने
बजार अनुसन्धान समूूह टेकसेको एक रिपोर्ट अनुसार विश्वको चिप उद्योग सीफोसएफसी नियोन र पालाडियमका लागि ठूलो परिमाण्मा रुस र युक्रेनमा निर्भर रहदै आएका छन् । सेमिकन्डक्टर बनाउन यसको व्यापक प्रयोग हुन्छ । उदाहरणका लागि अमेरिकाको सेमिकन्डक्टर उद्योगमा प्रयोग हुने ९० प्रतिशत नियोन युक्रेनबाट आउने गर्छ । रुस विश्वकै ठूलो पालाडियमको आपूर्तिकर्ता मुलुक  हो । 

खाद्य पनि महँगिने छ 
विश्वको दुुई तिहाइ अमोनियमको नाइट्रेटको उत्पादन रुसमा हुने गर्छ । रुस यसको सबैभन्दा ठूलो निर्यातक हो । यसको आपूर्ति रोकिनाले विश्वभरीको बालीको उत्पादन महँगो हुन्छ ।  यसबाट खाद्य महँगाई बढ्ने आशंका छ । अमेरिकामा पनि खाद्यान्नको महँगी ६प्रतिशत माथि पुगेको छ । भारतले युक्रेनबाट ठूलो मात्रामा रासायनिक मलको आयात गर्दै आएको छ । यसको आपूर्ति रोकिनाले रासायनिक मलको आयात पनि  रोकिन्छ ।

धातु पनि महँगो
रुसमा विश्वकै करिब १० प्रतिशत तामाको भण्डार छ । साथै रुससँग एल्मुनियम र निकेलको ६ प्रतिशत भण्डार छ । कार उत्पादनमा एल्मुनियमको प्रयोग हुन्छ । जबकी विद्युतीय कार ब्याट्रिमा निकेलको आवश्यकता पर्छ । रुस विश्वकै प्लाटिनियमको सबैभन्दा ठूलो उत्पादक हो । यसको प्रयोग कयौ उद्योगहरुमा हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप