शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आदित्य नारायणकी छोरीको जन्म : भने, ‘श्वेताका लागि मेरो सम्मान दोब्बर भयो’

शुक्रबार, २० फागुन २०७८, १३ : ४८
शुक्रबार, २० फागुन २०७८

भारतीय गायक आदित्य नारायण र श्वेता अग्रवाल छोरीका बुवा–आमा बनेका छन् । श्वेताले २४ फेब्रुअरीमा मुम्बईको एक अस्पतालमा छोरी जन्माएकी हुन् । बुवा बनेपछि आदित्यले आफू असाध्यै खुसी भएको र छोरी नै जन्मिने कुरामा आफू आशावादी भएको पनि उनले बताए ।

श्वेताका लागि मेरो सम्मान दोब्बर भयोः

आदित्यले एउटा अन्तरवार्तामा भनेका छन्, ‘सबैले मेरो छोरा नै जन्मिने बताएका थिए । तर मलाई भने म छोरीको पिता बन्नेछु भन्ने आशा थियो । छोरी सधैँ आफ्नो पिताको नजिक हुन्छन् र मेरी सानी परी आएकोमा मलाई असाध्यै खुसी लागेको छ । श्वेताका लागि मेरो माया र सम्मान दोब्बर भएको छ । एक महिलाले गर्भावस्था र बच्चा जन्माउने बेला धेरै कुराबाट गुज्रिएकी हुन्छिन् ।’

सङ्गीत उनको डिएनएमा छः

‘म अहिलेदेखि नै उनका लागि गीत गाइरहेको छु । सङ्गीत उनको डिएनएमा छ । मेरी बहिनीले उनलाई एउटा सानो म्युजिक प्लेयर उपहारस्वरुप दिएकी छिन् । यो प्लेयरमा लगातार मन्त्र र राइम्सहरु बजिरहेका छन् । उनको साङ्गीतिक यात्रा सुरु भइसकेको छ किनभने परिवारमा यहि नै छ । उनी ठूलो भएर के बन्नेछिन्, त्यो उनीमाथि नै भर पर्छ ।’

आदित्य र श्वेताले दुई वर्षअघि १ डिसेम्बरमा विवाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप