सिरहामा १४ वर्षीया छोरी बलात्कार गर्ने पिता पक्राउ
शुक्रबार, २० फागुन २०७८, १३ : ३२
सिरहामा आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका-१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।