सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेनको तटमा बिस्फोटपछि एक मालवाहक जहाज डुब्यो

शुक्रबार, २० फागुन २०७८, १२ : ४०
शुक्रबार, २० फागुन २०७८

युक्रेनको तटमा बिस्फोटपछि एक मालवाहक जहाज डुबेको छ । यो जहाज एस्टोनियाको हो र उनीहरुले नै यसबारे जानकारी दिएका हुन् । बिस्फोट कसरी भयो भनेर कुनै जानकारी प्राप्त हुन सकेको छैन । चालक दलका दुई सदस्य र चार अन्य जनालाई युक्रेनको स्थानीय राहत सेवाले बचाएको छ ।

यो जहाजको मालिक एस्टोनियास्थित कम्पनी विस्टा शिपिङ एजेन्सी हो । एस्टोनिया एक बाल्टिक देश हो र नेटोको सदस्य पनि हो । यसको सीमा रुससँग जोडिन्छ । यो जहाज थुप्रै दिनअघि चोरनोमोर्स्कको दक्षिणी बन्दरगाहबाट निस्किएपछि ओडेसाको निकट युक्रेनको तटमा उभिएको थियो । युक्रेनको सेनाका अनुसार रुस ओडेसामाथि कब्जा गर्न चाहन्छ । यसका लागि थुप्रै विशेष ल्यान्डिङ जहाज त्यहाँ पठाइरहेको छ । करिब १० लाखको जनसंख्या भएको ओडेसा एउटा ठूलो समुद्री बन्दरगाह हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप